मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु

0
681

झापा,

मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो।

दमक पुर्याउन साथ उनको मृत्यु भएको थियो। यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका-१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here