झापा । 
नेकपा माओवादी केन्द्रले झापाको इञ्चार्जमा धर्मशिला चापागाँईलाई चयन गरेको छ ।
यसअघि झापाको सह–इञ्चार्ज रहेकी चापागाँईलाई जिल्लाको इञ्चार्ज तोकेको हो । पार्टीले केन्द्रीय नेताहरुको कार्यविभाजन अन्तर्गत चापागाँईलाई झापाको इञ्चार्जको जिम्मेवारी दिएको हो ।
भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीकोे प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ ।
झापामा पार्टीले प्रत्येक नगर, वडामा सदस्यता नवीकरणलाई तीव्रता दिएको पार्टी झापा पूर्वसचिव मणिकुमार साम्पाङ बिजयले जानकारी दिए ।


























