झापा, १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । उनले पदवाट राजीनामा दिएस.गै नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।
नव नियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् ।
विराटनगरको होटल एसियाटिकमा आज विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ ।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ ।



























