पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

0
697

सुनसरी।

सुनसरीको कोशी गाऊँपालिका –३ जमुवा चोकस्थित पूर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी महादेवा गाऊँपालिका–६ का ३५ बर्षीय रामनाथ मण्डल रहेका छन् । पश्चिम तर्फ जाँदै गरेको प्र २ –०३–००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउदै गरेको प्र २ –०१–००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक रामनाथको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका–११ का १९ बर्षीय सन्तोषकुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंशकुमार साह प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here