कारितास नेपालद्वारा दमक अस्पताललाई व्लड एनलाईजर मेसिन हस्तान्तरण

0
868

झापा ।

कारितास ईन्टरनेसनलको आर्थिक सहयोगमा कारितास नेपालले झापाको दमकमा रहेको दमक अस्पताललाई व्लड एनलाईजर मेसिन हस्तान्तरण गरेको छ ।

दमक अस्पताल परिसरमा शुञmबार एक कार्यक्रमको आयोजना गरेर दमक अस्पताल अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा उपमेयर गिता अधिकारी र अस्पतालका मेसु डा खड्ग लिम्वुलाई सो मेसिन हस्तान्तरण गरिएको हो ।

कोभिड तथा अन्य बिरामीलाई रगतमा सोडियम, पोटासियम, क्यालसियम लगायत अन्यकुराहरूको अवस्था पत्तालाउन सहयोगि हुने मेसिन तथा त्यसमा लाग्ने केमिकल र अक्सिमिटर, थर्मोमिटर, सेनिटाईजर माक्स लगायत को कोरोना किट २० थान पनि हस्तान्तरण गरिएको हो ।

समाग्री हस्तान्तरणमा बोल्दै कारितास नेपाल दमक कार्यलय प्रमुख देवेन्द्र पोख्रेलले कारितास बिपद् तथा महामारीमा विभिन्न सहयोग गरी रहेको र हाल कोरोना महामारीमा नेपालभरि नै विभिन्न जिल्लाहरूमा विभिन्न स्वास्थ्य सामाग्री तथा खाध्यान्न सहयोग गरिरहेको सोहि कार्य अन्तरगत ब्लड एनलाईजर मेसिन र कोरोना कीट दमक अस्पताललाई वितरण गरिएको वताउनुभयो ।

कार्यकममा दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले यो मेसिनले अस्पतालको सेवा प्रभाहमा थप सहयोगी वन्ने र दमक तथा आसपासका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्धत पुग्ने वताउदै सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

दमक जेसिजका अध्यक्ष जेसी सुयोग खरेल,लायन्स क्लव अफ माउन्ट एभरेस्ट दमकका निवर्तमान अध्यक्ष दिनेश अग्रवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कारितास नेपालका गोविन्दराज कट्टेलले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here