कोरोना भाइरसको फितलो अनुसन्धान

0
777

लीला आचार्य,झापा । 

विश्वमा करिब ४३ लाख मानिसको ज्यान लिइसकेको कोभिड १९ले करोडौं मानिसलाई संक्रमण बनायो । विश्वलाई नै आक्रान्त बनाएको भाइरसले आर्थिक अवस्थामा सयौं मुलुकहरुलाई दसकौं पछि धकेलिदिएको छ । कोरोना भाइरसको उत्पत्तिदेखि हालसम्म यसले विभिन्न चरणमा आफ्नो रुपलाई विकास गर्दै लगिरहेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै कतिपय मुलुकमा पाँचै लहरसम्म देखिएको छ । यसको उत्पत्ति र यसले बारम्बार परिवर्तन गरेको चरणहरुलाई यही कारण हो भनेर विश्वका कोरोना भाइरस सम्बन्धी अनुसन्धानमा लागेका बैज्ञानिकहरुले पनि बताउन सकिरहेका छैनन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोरोना भाइरसको उत्पत्ति र यसको सही समाधान के हो भनेर किटान गरेर हालसम्म कुनै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । यसको दीर्घकालीन समस्या समाधानको लागि विश्वका वैज्ञानिकहरु दिनरात खटिरहेको बेला यसको उत्पत्तिको मुख्य स्रोत रहेको चिनको बुहान प्रान्त भने अब पुरानै दैनिकीमा फर्किएको छ । सन् २०१९को डिसेम्बरमा चिनकै बुहान प्रान्तको एउटा सी फुड बजारबाट उत्पत्ति भएको यो भाइरसको बारेमा चिन सरकारले आजसम्म यथार्थ वास्तविक के हो ? भनेर प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । चिनले कोभिड १९को उत्पत्ति बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई अनुमति नदिने बताइसकेको छ । कुनै पनि राजनीतिक रुपबाट गरिने अनुसन्धानलाई हामी मान्यता दिँदैनौं चिनका उपविदेशमन्त्री झाओक्सुले भनेका छन् । कोरोना भाइरसको अर्को चरणको अनुसन्धान गर्न फेरि विश्व स्वास्थ्य संगठनले गरेको प्रस्तावलाई चिनले फेरि अस्वीकार गरिदियो ।

चिनले कोरोना भाइरसले उत्पत्तिबारे अनुसन्धान गर्न नदिएको विषयमा कतिपय मलुकले यसको कडा विरोध गरेका छन् । तर चिन सरकार भने विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरुसँग परामर्श गरेर मात्र कोभिड को अर्को चरणको अनुसन्धान बैज्ञानिकहरुद्वारा मात्र गर्नुपर्ने अडानमा छ । कोरोना भाइरस बुहानको एक प्रयोगशालाबाट लिक भएको अनुमान पश्चिमा राष्ट्रहरुले लगाइरहेका छन् भने चिनले सो कुराको विरोध जनाउँछ । विश्व स्वास्थ्य संगठनको एक विशेषज्ञ टोलीले जनवरी २०२१मा बुहान आयो र कोरोना भाइरसको उत्पति बुहानबाट नै भएको पत्ता लगायो तर भाइरस कहाँबाट शुरु भयो र फैलियो भन्ने कुरामा विशेषज्ञ टोलीले कुनै कुरा पत्ता लगाउन सकेन । भाइरसको उत्पत्ति र फैलिएको विषयमा अहिलेसम्म चिनले कुनै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । लाखौं मानिसको मृत्यु भइसक्दा र भाइरस नियन्त्रणमा नआइरहेको बेला पनि चिनले यस विषयमा अनुसन्धान गर्न अनुमति नदिनुले पनि कोरोना भाइरसको उत्पत्तिमा शंका गर्ने ठाउँ पर्याप्त रहेको छ । भाइरसको एकपछिको अर्को लहरले विश्वका धेरै विकसित मुलुकहरु पनि आर्थिक संकटको चपेटामा परिसकेका छन् भन्ने अविकसित र विकासोन्मुख देशहरुको अवस्था झन दयनीय बनेको छ ।

समाचार विश्लेश्ण

महामारी नियन्त्रणमा आउने कुनै निश्चित समय अहिलेसम्म पत्ता लाग्न सकिरहेको छैन् यस्तो विशेष शंकटपूर्ण अवस्थामा भाइरसको उत्पति र फैलावटका बारेमा विश्व स्वास्थ्य संगठनले गर्ने गरेका अनुसन्धानमा चिनले अनुमति दिनुपर्नेमा झन असहयोग गरे जस्तो देखिन्छ । कोरोना भाइरसलाई व्यापारसँग जोडेर हेरिनु हुँदैन । भाइरसबिरुद्ध विकास भएका खोपहरु पनि ट्रायल अवस्थामै रहेको र यसको प्रभावकारितामा अझै ठोस् कुनै स्पष्ट धारणा सार्वजनिक भएका छैनन् । भाइरसको उत्पत्ति चिनबाट भएको हुँदा यसको नियन्त्रणमा पनि चिनको महत्वपूर्ण भूमिका हुन्छ । तथ्यमा आधारित अनुसन्धान गरिएको भाइरस सम्बन्धीका सम्पूर्ण विषयहरु चिन सरकारले आम नागरिकले बुझ्ने गरी सार्वजनिक गर्नुपर्छ । डब्लूएचओले गर्ने कुनै पनि अनुसन्धानमा अवरोध सिर्जना नगरी स्वतन्त्र हिसाबले अनुसन्धानलाई थप प्रभावकारी तरिकाले अगाडि बढाउन चिन सरकारले अनुमति दिनुपर्छ । खोप विकासमा र खोप निर्यातमा मात्र बढी ध्यान दिएर आर्थिक लाभ लिने कुराले मात्र अब कोरोना भाइरस नियन्त्रणमा नआउन सक्छ ।

कोरोना भाइरसभन्दा अझ बढी खतरनाक अरु कुनै भाइरस फेरि चिनबाट नै उत्पत्ति हुन सक्ने खतरा बढ्दै गइरहेको छ । हालैका दिनमा कोरोना भाइरसले गरिरहेको रुप परिवर्तनले फेरि चिनबाटै अर्को कुनै भाइरसको उत्पत्ति हुने हो कि भन्ने शंका पैदा हुन थालेको छ । चिनले अनुसन्धानको विषयमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार नहुने चेतावनी दिइसकेको छ ।

यसले कोरोना भाइरस सम्बन्धी गरिने अनुसनधानहरुलाई प्रभाव पार्ने देखिन्छ । कोरोना भाइरसको पाँचौं लहर शुरु भइसक्दा पनि यसको उत्पत्ति र कसरी फैलियो भन्ने कुरामा अनुसन्धानको अन्तिम तथ्य सार्वजवनिक हुन सनक्दा विश्व मानव जगतलाई नै थप चिन्ताको विषय बनेको छ । भाइरस मानव निर्मित हो या कुनै जंगली जनावरबाट मानिसमा सरेको हो भन्ने तथ्य समेत गर्भमै रहेको छ । यसैको अनुसन्धान गर्न भनी विशेष डाक्टरसहितको टोलीले चिन सरकारसँग अनुमति मागिरहेको छ तर चिन सरकारले यस्तो अनुसन्धानलाई अनुमति नदिने सार्वजनिक गरिहेको छ । यसले थप शंका र कोरोना भाइरस नियन्त्रणमा ठूलो चुनौति पैदा गरिरहेको छ ।

अनुसन्धानलाई थप प्रभावकारी बनाएर यसको तथ्य पत्ता नलागुञ्जेल खोप र भाइरससँग लड्ने औषधिहरु उत्पादनमा पनि थप चुनौतिहरु देखिन सक्नेछ । विश्व स्वास्थ्य संगठनले गर्ने कुनै पनि अनुसन्धानमा बिना अवरोध पारदर्शी ढंगले अनुसन्धान कर्ताहरुलाई काम गर्न दिइनुपर्ने देखिन्छ । यदि अवरोध गर्ने हो भने बाँकी दिनहरुमा यस भाइरसका अरु विकास भएका रुपहरुले फेरि विश्वलाई धरायसी बनाउन सक्छ । विश्व स्वास्थ्य संगठन लगायत अमेरिका, बेलायत, जर्मनी जस्ता पश्चिमा राष्ट्रहरुले चिनले अनुसन्धानमा गरेको अवरोधकै कारण कोरोना भाइरसको उत्पत्तिको बारेमा र भाइरस फैलिएको बारेमा ठोस् कुरा पत्ता लगाउन नसकिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here