सडक दुर्घटनामा एक युवकको घटना स्थलमै मृत्यु

0
591

उमानाथ भण्डारी /कमल ,

सडक दुर्घटनामा आज दिउँसो एक जना युवकको घटना स्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम सडक खण्ड अन्र्तगत कमल गाउँपालिका वडा नम्वर ४ चुलाचुली मोडमा दिउसो साडे एकबजे भएको दुर्घटनामा उर्लावारी ६ निवासी ५० वर्षिय हेमसागर थापाको घटना स्थालमै मृत्यु भएको ईलाका प्रहरी कार्यालाय दमकका डिएसपी नवराज कार्किले जानकारी दीनुभयो ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ९६४९ को मोटर साईकललाई सोहि दिशावाट आउने को १ ख ६७६२ नम्वरको बसले पछाडी बाट ठक्कर दिँदा मोटर साईकल चालक थापाको मृत्यु भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा सम्लग्न मोटर साईकल र बसलाई ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here