कोशीमा पानीको बहाव बढ्दै

११ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

राजविराज,

सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई/तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोशी ब्यारेज प्रशासनको भनाइ छ ।

कोशी ब्यारेजमा अहिले खतराको सङ्केत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका छ । कोशीमा पानी बढेसँगै सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोवरगाढासमेत जलमग्न हुने खतरा देखिएको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो ।

उक्त ठाउँमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन उहाँले आग्रहसमेत गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here