प्रहरीले बाँड्यो १० लाख ४० हजार मास्क

११ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

नेपाल प्रहरीले हालसम्म १० लाख ४० हजार ४८३ मास्क वितरण गरेको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’अभियानअन्तर्गत देशभर उक्त मास्क निःशुल्क वितरण गरेको हो । प्रहरीले वैशाख ६ गतेदेखि हालसम्म उक्त मास्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले पछिल्लो २४ घण्टामा देशभर आठ हजार १२३ मास्क वितरण गरेको छ । प्रहरीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै सङ्क्रमण रोक्न तथा सुरक्षा मापदण्डलाई कार्यान्वयन गर्नका लागि ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उलङ्घन गर्ने ९२ जनालाई रु नौ हजार २०० जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उलङ्घन गर्ने दुई हजार १२८ जनालाई रोकी सम्झाइबुझाइ छाडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here