श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

0
710

भोजपुर।

भोजपुरको षडानन्द नगरपालिका –९ तालखर्कका ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।

शनिबार बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागेर झुण्डिएको अबस्थामा फेला परेका थिए ।

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानीयबासी पुग्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परे पश्चात प्रहरी जानकारी गराएका थिए ।

घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here