उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–२ मिलन चौकका पोष्टबहादुर मगरको छोरा सात बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
घरदेखी अन्दाजी चार सयमिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथिबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागि कटारी अस्पताल ल्याउदा ल्याउदै बाटैमा मृत्यु भएको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताइएको छ ।































