खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।
स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भीरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
घटना बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।































