मोरङ ।

लागूऔषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लवनारायण माझी रहेका छन् ।
गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआईटी समूह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा चार केजी ३०० ग्राम र नगद ५० हजार सहित पक्राउ गरेको हो ।
माझी जिल्ला अदालत मोरङको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र तीन हजार १८ रुपैंया जरिवानाभएका फरार प्रतिवादी हुन । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।































