लिङ्देनले उठाए गम्भीर सवाल

0
1054

झापा ।

नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा दार्चुलाको व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको एक महिना भयो ।

पारि तरिसक्न करिब डेढ मिटर बाँकी हुँदै एसएसबीका जवानहरूले तुइनको डोरी काटिदिएपछि उनी उर्लिरहेको महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

तर, घटना भएको यतिका दिन बितिसक्दा पनि सरकारले केही गर्न नसकेको भन्दै राप्रपा सांसद् राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।

आँखै अगाडि नागरिक नदीमा बग्दा पनि भारत सरकारसँग प्रश्नसम्म गर्न नसकेको भन्दै लिङ्देनले नेपाल सरकार कति कमजोर छ भन्ने दर्शाउन खोजेका हुन् ।

‘भारतीय सुरक्षाकर्मीले तुइन खोलेकै कारण आफ्नो नागरिक हेर्दाहेर्दै नदिमा बग्दा पनि तिम्रा सुरक्षाकर्मीले गल्ती गरे, कारबाही गर भनेर भारत सरकारलाई भन्न समेत सक्दैन र नागरिक सुरक्षामा राज्य उभिन सक्दैन भने नागरिकका लागि यो भन्दा लज्जा, खतरा र दूर्भाग्य के हुनसक्छ ?,’ लिङ्देनले शनिबार ट्वीट गर्दै प्रश्न उठाएका छन् ।

तुइन काटेका कारण जयसिंह महाकालीमा खसेपछि एसएसबीका जवान आफ्नो ब्यारेकतर्फ भागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here