क्लिन झापाको नवौं साधारणसभा सम्पन्न

0
390

झापा ।

वातावरण संरक्षण एवम् सरसफाइ प्रवद्र्धनमा लामो समयदेखि काम गर्दै आइरहेको गैरसरकारी सामाजिक संस्था क्लिन झापाले नवौं साधारणसभा सम्पन्न गरेको छ ।

झापाको भद्रपुर ७ लेखनाथचोकस्थित आफ्नै कार्यालय परिसरमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सीमित उपस्थितिमा झापाले साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको सञ्चालन संस्थाका सचिव एवम् झापाका सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले गरेका थिए भने उपाध्यक्ष सन्तोष न्यौपानेले स्वागत गरेका थिए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष उपाध्यायले क्लिन झापाले आ.व. ०७७/०७८ मा संस्थाले गरेका क्रियाकलापका बारे जानकारी दिनुभएको थियो भने कोषाध्यक्ष विजय भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कोरोना भाइरस महामारी शुरु भएको बेलादेखि जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसबाट जोगिने उपायहरुका बारे सचेतना एवम् जागरण फैलाउँदै आएको क्लिन झापाले अघिल्लो वर्ष जिल्लाको भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा ती पालिकाहरुको समन्वयमा फोहोरजन्य पानीबाट समुदायमा उत्पन्न हुने जटिल परिस्थिति, फोहोर व्यवस्थापन र सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको र ती कार्यक्रमबाट समुदायमा शुद्ध पानीको उपभोग एवम् सरसफाइ बारे चेतना अभिबृद्धि भएको अध्यक्ष उपाध्यायले बताउनु भयो ।

साधारणसभामा बाबुराम पराजुली, ऋषि चापागाईं, बाबुराम कार्की, विशाल अधिकारीलगायतले वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धनमा क्लिन झापाले आगामी दिनमा गर्नसक्ने थप कामहरुका बारे सुझाव राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here