नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

0
998

काठमाडौँ, 

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ ।

कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहनुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here