पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाईएको छ ।
हिजो शनिबारदेखि वडा नं १, २,४,५,र ६ का ६५ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि कोभिशिल्ड खोप लगाएकाहरुका लागि दोस्रोका मात्राका रुपमा सरकारले व्यवस्थापन गरेको फरक कम्पनीको एष्ट्राजेनिका खोप लगाइएको हो । आइतबार वडा नं ३, ५, ६, ७, ८ र १० मा आज खोप लगाउने काम भएको छ । वडा नं ५,६ र अन्य वडाका छुटफुट रहेकाहरूले समेत यो खोप लगाएका छन् ।
उक्त खोप वडा नम्बर ३ र ७ का जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र किरातीचोकमा, ८ का नागरिकका लागि शनिश्चरे स्वास्थ्य चौकी र १० का लागि वडा कार्यालयमा खोप लगाइएको छ । सोहि दिन हसन्दह स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का लागि दोस्रो मात्रा छुट भएकाहरुलाई खोप लगाइएको छ ।
भोलि १४ गते शनिश्चरे स्वास्थ्य चौकीमा वडा नम्बर ९ र सो क्षेत्रका दोस्रो मात्रा छुट रहेका तथा नगर अस्पतालमा पनि दोस्रो मात्रा छुटका लागि खोप लगाउने कार्यक्रम तय भएको छ । पहिलो मात्राको कोभिशिल्ड खोप लगाउनेको संख्या २ हजार ७ सय रहेको छ ।
हिजो १२ गते पहिलो दिन वडा नम्बर १ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र पथरी, २ का लागि नगर अस्पताल, ४ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ का लागि स्वास्थ्य चौकी हसन्दह र ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने काम भएको थियो ।
यसैगरी, गत साउन १२ र १३ गते भेरोसिलको पहिलो मात्रा लगाएकाहरुका लागि पनि आगामी भदोै १६ गते यसअघि तोकिएकै खोप केन्द्रबाट वडा नं १, २, ४ र ५ मा खोप उपलब्ध गराउने भनिएको छ भने १७ गते वडा नं ३, ६, ७, ८ र १० नं वडाका नागरिकलाई दोस्रो मात्राको खोप लगाइने तय भएको छ ।
१८ गतेका दिन दोस्रो मात्राको सवै छुटका लागि नगर अस्पताल, वडा नम्बर ९ तथा सो क्षेत्रका छुटका लागि शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह क्षेत्रका लागि हसन्दह स्वास्थ्य चौकीबाट खोप उपलब्ध गराउने जनाईएको छ ।































