पथरीशनिश्चरे,

लायन्स क्लब पथरीशनिश्चरेले मातहतका चारवटा क्लबलाई एकसाथ पदस्थापन तथा पदभार ग्रहण कार्यकम सम्पन्न गरेको छ ।
कार्यक्रमका अधिकांश वक्ताहरुले लायन्सको सामाजिक कामको क्षेत्रमा रहेको उल्लेख्य भूमिकाको सराहना सहित यहाँको लायन्स यात्रामा पथरी शनिश्चरे नगरमा पहिलोपटक महिला नेतृत्व पाएकोमा खुशी व्यक्त गरेका थिए ।
गोरखा डिपार्टमेण्टको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिपथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, लायन्सका डिष्ट्रीक गभर्नर रेवतबहादुर कार्की, इन्द्रबहादुर खत्री राजन र लिलाकुमार ढुङ्गेल हुनुहुन्थ्यो भने कार्यक्रममा तुलसीराम ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कानेपोखरी गापाअन्तर्गत क्रियाशील लायन्स क्लब समेतको संयुक्त पदस्थापन तथा पदभार ग्रहण कार्यकम संलग्न चारवटै क्लब र लियो क्लबलाई पदभार र सपथको व्यहोरा डिष्ट्रीक गभर्नर लायन रेवतबहादुर कार्कीले कार्यान्वयन गराउनु भएको थियो । लायन भगवति कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिलाकुमार ढुङ्गेल, राजन खत्री, नरनाथ सापकोटा समेतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सर्वलाल राईं, लक्ष्मी सुवेदी, उमेश खड्का,उपेन्द्र कँडेल, टीकाप्रसाद दंगाल, गोमा पौडेल, पर्शुराम मिश्र, भगतचन्द्र थपलिया, अर्जुनकुमार बुढाथोकी, केबी गुरुङ,युवराज ओझा, हेमसागर चापागाँइँ, केदार बोहोरा, देवी राईं, मुरारी आचार्य र राजनीतिक व्यक्तित्व युवराज बास्कोटा समेत को उपस्थिति रहेको उक्त कार्यक्रममा लायन्स लिडर रोशन बुढाथोकीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।






























