विमल दहाल, माइ ।

कोरोना महामारीका समयमा समस्यमा परेका र संक्रमित भएका माइ–४ का ८५ विपन्न परिवारलाई राहत सहयोग गरिएको छ।
जनता समाजवादी पार्टीको आयोजना र कुईक रेसक्यु टिम इटहरीको सहकार्यमा कोभिड संक्रमण भएका र न्यून आर्थिक अबस्था भएका ८५ परिवारलाई राहत सामग्री वितरण गरिएको जनता समाजबादी पार्टी माईका अध्यक्ष टुपेन्द्र एक्तेनले बताए ।
कुईक रेसक्यु टीमका प्रेसिडेन्ट बिक्रम एक्तेनका अनुसार १ नम्बर प्रदेशका ८ जिल्ला, हेलम्बु, मेलम्ची लगायत स्थानमा समन्वय गरेर बिपन्न परिवारलाई राहात वितरण गरिएको जानकारी दिए । यस पटक माइ ४ मा राहात बाड्दै छौ, उनले भने– राहात सहयोग सामाग्रीमा ३० केजी चामल, सेनिटाईजर, माक्स, कस्तुरी भुषण, सञ्चो, सिटामोल लगायत रहेका छन।

स्थानीयलाई राहात वितरण गर्छौ भन्दै केही दिन अघि हामी माई ४ को वडा कार्यालय गयौ तर, वडाध्यक्ष सूर्यप्रसाद दुलालले तोक लगाए पछि हुदैन भनेर रोकेको राहात वितरण आयोजक अध्यक्ष टुपेन्द्र एक्तेनले बताए ।
एक्तेनले जनता रोग र भोकले बसेको हेर्न नसकि माइ ४ का ८६ घर परिवार लाई आइतबार विपन्न नागरिकको अनुमतिमा राहात बाडिएको र विभिन्न स्थानका सम्मानित ब्याक्तिहरुलार्इ खदाओडाए सम्मान गरिएको जानकारी दिए ।

यता माई नगरपालिका– ४ का अध्यक्ष दुलालले संक्रमित र बिपन्न नागरिकलाई डिआरएसएन संस्था मार्फत राहात व्यवस्थापन भईसकेको र सो वितरण गर्नलाई अनुमति पत्र बनाईदिनु भनि निवेदन पेश गरेको भए पनि निवेदनको आधारमा अनुमति पत्र बनाउदै गर्दा अनुमति पत्र नभई राहातको सामग्री माग गर्नुपर्ने पत्र चाहिएको भनेर कुरा फेरेकाले राज्यको आधिकारीक निकायवाट राहात सामग्री मागको पत्र बनाउनलाई सो संस्थासँग प्रत्यक्ष रुपमा समन्वय हुनुपर्ने र समन्वयको लागि आधिकारीक रुपमा संस्थाबाट पदाधिकारीले संस्थाको लेटर प्याडमा व्यहोरा खुलाई पत्र आउनु पर्ने कुरा गरि स्वीकृति नदिएको दाबी गरे।
हाल यो बिषयको समर्थन र बिरोधमा सामाजिक संजालमा चर्को बहस भईरहेको छ ।






























