झापा ।

झापाको हल्दिबारी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कमिटी गठन गरिएको छ ।
हल्दिबारीमा आइतबार आयोजित माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) प्रथम गाउँ सम्मेलनले रमेश भट्टराईको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरेको हुन । कमिटीको उपाध्यक्षमा अस्मिता राजवंशी, सचिवमा सुनिल र्मुर्मु, सहसचिवमा रवीन्द्र टुडु र कोषाध्यक्षमा युवराज खरेल रहेका छन् ।
त्यस्तै सदस्यहरूमा सेजल दाहाल, विवेक राजवंशी, सञ्जय सम्बाहाम्फे, निकेश राजवंशी, कन्चन खनाल, सन्जु दाहाल, सेविका मण्डल, लक्ष्मण लिम्बू, विक्रम मार्डी, सपना राजवंशी, हिना राजवंशी चयन भएका छन् । त्यस्तै रेवन राई, विवश लोक्ताम, निश्चल थापा मगर, रूपेश टुडु, दिपिशा राजवंशी, भुवन राजवंशी, निर्मला राजवंशी, सरिता राजवंशी र समीर राजवंशी चयन भएका छन् ।
सङ्गठनका सदस्य मनोज राईको अध्यक्षता तथा प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको भेलामा संविधानसभा सदस्य तथा पार्टी कार्यालय सदस्य मोहन टुडु लगायतको उपस्थिति रहेको विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष सरस्वती चम्लागाईले जानकारी दिइन् ।































