सानोकेर्खा टोल विकास सस्थाको अध्यक्षमा सुवेदी

0
552

उमानाथ भण्डारी, कमल ।

कमल गाउँपालिका वडा नम्वर ३ स्थित सानोकेर्खा टोल विकास सस्थाको अध्यक्षमा लेखनाथ सुवेदी निर्वाचित हुनुभएको छ ।

अध्यक्ष सर्वसम्मत चयन हुन नसकेपछी निर्वाचन प्रणाली बाट आफ्ना दुईजना प्रतिस्पर्धिलाई पछी पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा बेदनिधी पौडेल, सचिव ईन्द्रराज भट्टराई,कोषध्यक्ष सुनिता गौतम सदस्यमा विकास घिमिरे,हरीप्रसाद चापागाई,मिना घिमिर, जुद्धबहादुर भण्डारी ,उमा लावती, मञ्जु दाहाल र मनमाया खतिवडा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीका संयोजक नरप्रसाद दंगालले जानकारी दिनुभयो ।

टोल विकास समितीका अध्यक्ष टेकराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वडा सदस्य चक्र बहादुर गुरुङ्ग, लालप्रसाद बोखीम , शिक्षक मधुसुधन अधिकारी, कुमार खतीवडा लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here