वीरता लेडी जेसीजद्वारा अपाङ्गता १५ परिवारलाई खाद्यन्न सहयोग

0
425

बिर्तामोड ।

कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई वीरता लेडी जेसीजले खाद्यन्न सहयोग गरेको छ ।

लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं वीरता लेडी जेसीजले अपाङ्गता भएका व्यक्तिहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा विर्तामोड नगरपालिका–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शारीरिक अपाङ्गता भएका वडा नं ४ का १५ परिवारलाई चामल, दाल, नून तेल लगायतका खाद्यन्न सामग्री वितरण गरेको हो ।

विभिन्न सामाजिक काम गर्दै आएको वीरता लेडी जेसीजले अपाङ्गता भएका ब्यक्तिलाई हालसम्म कसैले सहयोग नगरेकाले उनीहरुलाई खाद्यन्न सहयोग गरेको बताइएको छ ।

संवाद समूहको संयोजनमा भएको कार्यक्रममा शारिरीक अशक्तता भएका व्यक्तिले सहयोग गरिदिन आग्रह गरेसंगै विभिन्न वडाहरुमा रहेका अपाङ्गता भएका ब्यक्तिलाई खाद्यन्न सहयोग गर्दै आएका छन् ।

वीरता लेडी जेसीजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुमित्रा भट्टराईले स्वागत गरेको कार्यक्रममा आस्थावाचन मन्जु ओेलीले र सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here