आज इराकमा १२ जना नेपालीको विभत्स हत्या भएको १७ वर्ष पूरा

0
1020

झापा ।

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको विभत्स हत्या भएको आज १७ वर्ष पूरा भएको छ ।

वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको आतंकवादी इस्लामिक संगठनले विभत्स हत्या गरेपछि नेपालमा २०६१ साल भदौ १६ अर्थात आजकै दिन आफन्त र सर्वसाधारणले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर लगायतमा आक्रमण गरेका थिए ।

उक्त हत्याकाण्ड पछि झापासहित देशका विभिन्न शहरहरुमा अवस्था तनावग्रस्त बनेको थियो । ठाउँठाउँमा आन्दोलन भएका थिए । विभिन्न म्यानपावर, सञ्चारगृह, धार्मिक प्रतिष्ठानमा आक्रमण भएका थिए ।

२०६१ साल भदौ ४ गते १२ जना नेपाली खाना पकाउने तथा सरसफाइ सम्बन्धी कामका लागि जोर्डन हुँदै इराक प्रवेश गरेका थिए । तर उनीहरु आतंकवादी संगठन इस्लामिक समूह अन्सर अल सुन्नाको अपहरणमा परे ।

कामको खोजीमा इराक पुगेका उनीहरुले अन्सर अल सुन्नाले अपहरण गरेको र उनीहरुले आफ्नो जीवन बचाउनका लागि नेपाल सरकारसँग आग्रह गरेको भिडियो क्लिप बाहिरिएको थियो ।

अपहरणमा परेका आफ्ना नागरिकको मुक्तिका लागि नेपाल सरकाररपरराष्ट्र मन्त्रालयले इराकी सरकारमार्फत लगातार अपिल गरिरहे का थिए । तर भदौ १५ गते साँझ टाउँको काटिएका १२ जना नेपालीको मृत शरीरको भिडियो क्लिप सार्वजनिक भयो ।

उक्त भिडियो सार्वजनिक भएको केही क्षणमा नै नेपाल भर फैलिएको थियो । आफ्ना नागरिकको रक्षा गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको चर्को आलोचना गरेका थिए ।
त्यो ऋदयविदारक भिडियो सार्वजनिक भएसँगै भदौं १६ गते अर्थात आजको दिन स्वत स्फूर्त रुपमा मानिसहरु सडकमा आए र हत्या काण्डको विरोध गरे । उनीहरुले सरकारको आलोचना गरे र विदेश पठाउने म्यानपावर कम्पनीमाथि आफ्नो रिस पोखे ।

आक्रोशित बनेका आन्दोलनकारीले एकाएक मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति व्यक्तिमाथि आक्रमण गर्न थाल्यो । धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छैन ।

सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताएको छन् । २०६१ भदौ १६ का दिन मुलुकमा रहेका म्यानपावर कम्पनी, मस्जिद र सञ्चारमाध्यम तारो बनेका थिए ।

रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली भदौ ४ गते आतंककारीको अपहरणमा परे । जोडर्न लैजान भनी लगिएका नेपालीको भदौ १५ गते साँझ आतंककारीबाट विभत्स हत्या भयो । हत्या भएको तस्विर युटूवमा सार्वजनिक भएपछि विहानैदेखि आक्रोस सुरु भयो । नेपालीको हत्यापछि सबैभन्दा बढी म्यानपावर एजेन्सी तोडफोड भएको थियो ।

इराक पुगेका १२ नेपालीको नृशंस हत्या भएलगत्तै सरकारले १६ भदौ ०६१ मा इराक जान प्रतिबन्ध लगाएको थियो । तर १२ साउन ०६७ मा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यो प्रतिबन्ध फुकुवा ग¥यो । तर विरोध भएपछि केही समयमै प्रतिबन्ध फेरि कायम गरियो । त्यो औपचारिक रूपमा आजसम्म जारी छ ।

तर, प्रतिबन्धका बाबजुद इराक र अफगानिस्तानका अमेरिकी युद्धमा आवश्यक पर्ने सस्तो कामदारको खोजीमा रोजगारदाता कम्पनीहरूले नेपाली एजेन्टहरूसँग मिलेर अवैध रूपमा नेपाली ओसार्ने काम अहिले पनि रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here