प्रशासनिक भवन उद्घाटन

0
980

इलाम ।

इलामको माइ नगरपालिकाको प्रशासनिक भवन एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ।

मेयर दिपक कुमार थेवेले ४ तले प्रशासनिक भवन एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । पुरानो भवनमा सञ्चालन रहदै आएको माई नगरपालिकाको भबन निर्माण सम्पन्न पछि बुधबारदेखि नयाँ भबनबाट सेवा शुभारम्भ गरिएको छ ।

भवन स्थानीय सरकारको लागतबाट निर्माण सम्पन्न भएको हो । स्थानीय सरकारको एक करोड ५० लाख रुपैयाको लागतमा तीन तले भवन र ६१ लाख रुपैयाँको लागतमा चौथो तलामा सभा हल, पालिका घेराबारा र ईन्टरलक निर्माण सम्पन्न भएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिनुभयो ।

पण्डित टेकनाथ भट्टराईद्वारा स्बस्तिक बाचन सहित पाठ पुजा गरि सम्पन्न भबन उद्घाटन कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्य, वडाध्यक्ष मुखराज आङ्देम्बे, राम प्रसाद सदेम्वा, कार्यपालिका सदस्यहरु, कर्मचारीहर , संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here