सुपारी प्रशोधनमा सहकारी र व्यवसायीहरु

0
791

अब तत्कालै हामी सुपारीको प्रशोधन कार्यमा सामेल हुने समयतर्पm अगाडि बढ्दैछौं । भारत लगायत बढी गर्मी हुने मुलुकमा कात्तिक १५ (नोभेम्वर १) बाट प्रशोधन सञ्चालन गर्ने चलन छ भने हाम्रो जस्तो केही ओसिलो वातावरण भएको मुलुकका लागि मंसीर १५ (डिसेम्बर १) बाट प्रशोधन कार्य सञ्चालन गर्न उपयुक्त हुने ठानिन्छ । यस समयमा प्रशोधन गरिएको सुपारीमा रुठा निस्किदैन सबै सुपारी डलरमालको रुपमा तयार हुने गर्दछ ।

मुलुकको अक्षांश २६ देखि ३० डिग्री उत्तर र देशान्तर ८० देखि ८८ डिग्री पूर्वमा पर्ने भएकाले गर्मीमा तराईको तापमान ४० डिग्री सेल्सियमसम्म बढ्ने भएकाले सुपारी बालीका लागि उपयुक्त मानिन्छ । उत्तर–पूर्वी तराई भू–भाग मलिलो र उब्जाउशील भएकाले यहाँ धेरै प्रकारका व्यावसायिक बालीहरु उत्पादन हुने गर्छन् । आधुनिक र व्यवस्थितरुपले रोपण भएका व्यावसायिक कृषिबालीहरु रमणीय र पर्यटकीय आकर्षणले युक्त भएर शोभा बढाइरहेका लाग्छन् ।

उत्पादित सुपारीको व्यवसायमा संलग्न व्यावसायीहरु र प्रशोधनको योजना बनाएर खोलिएका सहकारीहरु समेतले छोटो अवधिमा राम्रो आर्थिक उन्नति गर्न सकेकाले यस खेतीमा संलग्न कृषकहरुलाई उत्पादित सामग्री नगद बनाउन कता लाने भन्ने चिन्ता घटेको छ । समयको गतिसँगै व्यावसायिकता तर्पm उन्मुख यस खेतीले क्रमिकरुपमा नेपालको उत्तर–पूर्वी भागबाट पैmलिँदै पश्चिम नवलपरासीतिर पनि उत्पादन थालनी भएपछि आकर्षण र क्षेत्र बिस्तार हुनेक्रम बढेको देखिन्छ ।

सुपारी उत्पादक कृषकहरुले आफैं नियमन र उद्देश्यहरुको निश्चिय गरी आफ्नो कार्य क्षेत्रका शेयर सदस्यहरुलाई अधिकतम् नाफा दिलाउने उद्देश्यले सहकारीहरुको स्थापना गरी छाता संस्था ‘केन्द्रीय सुपारी सहकारी संस्था’को समेत स्थापना गरेर सुपारी उत्पादक कृषकहरु आफूहरुमा अझ बढी राहत र पहिले–पहिलेका दिनहरुको तुलनामा ठूलै मद्दत पुगेको कुरा टोल–टोलमा हुने गरेका चर्चाहरुबाट पनि थाह पाउन सकिन्छ ।

विश्वको तथ्यांकमा ँब्इक्त्ब्त् ले देखाए अनुसार सन् २०१३÷१४ मा सुपारीको ४९.७४ प्रतिशत उत्पादन गरेर भारत बढी सुपारी उत्पादन गर्ने मुलुकको सूचीमा परेको छ भने नेपालले झण्डै ३.००० हे.मा ११.५६० मे.टन उत्पादन भएर आठौंमा श्रेणीमा रह्यो, त्यसरी नै सन्.२०१६ को तथ्याङ्कमा विश्वमा १,२१४,०६४ मे. टन हुँदा नेपालमा १४,२२५ मे.टन उत्पादन भएर आठौं श्रेणीमै रहेको देखाएकोले क्रमिक रुपमा उत्पादन बृद्धि हुँदै गएको देखाएको छ ।

यसरी बर्षेनि क्षेत्र बिस्तार भइरहँदा उत्पादनमा त्यसै अनुसार बृद्धि भइरहनु स्वभाविक देखिन्छ । नेपालको जम्मा उत्पादनको झण्डै २० प्रतिशत उपभोग भई उब्रेको सबै सुपारी अन्तर्राष्ट्रिय बजारमा निर्यात भई वैदेशिक मुद्रा आर्जन गरिने व्यावसायिक कृषिउपज भएकाले निर्वाध निर्यात भइरहनुपर्नेमा केही बर्षदेखि रोकिएको पाइएको छ । बर्षदिनमा एकपटक मात्र उत्पादन भई बिक्री हुने कृषिउपज निर्यात रोकिना साथ व्यावसायीले आपूm खुशी तोकेको मूल्यमा बुझाउनैपर्ने बाध्यता उत्पादक कृषकहरुमा छ । न्यून मूल्यमा पनि बुझाउनैपर्दा सुपारी उत्पादक कृषकहरुमा भएको असह्य पीडा अभिभावकत्व ग्रहण गरी उभिएको ‘कृषि मन्त्रालय’लाई किन हो ? अलिकति पनि दुखे जस्तो लाग्दैन ! समयमै अग्रसरता देखाएर कृषकको पीडामा सम्बोधनको प्रयास नगरी मौन रहनु दुःखद् हो । कृषि मन्त्रालयले हालसम्म ‘सुपारी खेती बिषय विज्ञ’ उत्पादन गर्न पनि सकेको छैन । बिषयविज्ञ उत्पादनमा ध्यान पनि नदिने र अनुभवका आधारका जानकारलाई जिम्मेवारी पनि नदिने प्रवृत्ति रहेसम्म बाली प्रविधिमा सुधारको आशा मृगतृष्णा नै भइरहने देखिएको छ ।

हाल सम्बद्ध सहकारीहरुले सुपारीको आधुनिक तौरतरिका अबलम्बन गर्दै प्रशोधन कार्य अगाडि बढाउन थालेका छन् । यसले बजार व्यवस्थापन र बजारीकरणका कार्यहरु सहज हुँदै जाने आशा गर्न सकिन्छ । बजारमा सुपारीका बिभिन्न परिकारहरुको माग उच्च अवस्थामा रहेको देखिन्छ । यस परिप्रेक्षलाई नियाल्दा सहकारीहरुको काँधमा थप गम्भीर जिम्मेवारी आइरहेको महशुस हुन्छ । सुपारी बजारीकरण र निर्यात सन्दर्भमा आफ्नो परिचय स्थापित गराउने ‘लोगो’ निश्चित गराउन जरुरी भएको देखिन्छ ।

सुपारी व्यवसायी, बजार बिश्लेषकहरु, विज्ञहरु र सुपारी उत्पादक कृषकहरुले मनन गरेको बिषय आफ्नो परिचय ‘लोगो’ स्थापित गराउन पाए हुने थियो भन्ने नै हो । जसले आफ्नो उत्पादनको स्थायी बजार र महत्व स्थापित गर्न सक्थ्यो र क्रमशः मागमा परिवर्तन ल्याउन सक्थ्यो । वस्तुको मूल्य व्यक्ति वा व्यावसायी कसैको लहडमा परिवर्तन वा स्थापित गर्न सकिने वा हुनसक्ने सहज बिषय होइन । अर्थशास्त्रका अनुसार माग र पूर्तिको अवस्थाको आधारमा नै वस्तुको मूल्य निर्धारण हुने हुनाले बजार मूल्य थोरै वा धेरै हुनमा बजारको बिश्लेषण अनुरुपका गुणस्तरीय उत्पादनहरु नै हुन् ।

त्यसैले बजार माग अनुसारका परिकारहरुको निर्माणका लागि प्रशोधनमा ध्यान पु¥याउनु जरुरी भएकाले सरकारका जिम्मेवार निकायहरुको परामर्शसहित सुपारी उत्पादक कृषकहरु, सम्बद्ध सस्ंथाहरु, व्यावसायीहरु र सम्बद्ध सहकारीहरु सबैले ऐक्यबद्धता जनाउँदै अघि बढेमा भोलिका दिनहरु सबैका लागि अझ सुन्दर, सुदृढ र मजबुत हुँदै जानेकुरामा दुईमत देखिँदैन ।
(ढकाल नेपाल सुपारी खेती बिकास संस्थाका संस्थापक महासचिव हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here