पुलको मरमत गर्न माग

0
561

विराटनगर, 

मोरङ व्यापार सङ्घले हाटखोलास्थित सिङ्घीया पुलको तत्काल मरमत गर्न सरकारको विभिन्न निकायलाई आग्रह गरेको छ ।

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रङ्गेली सडक खण्डमा अवस्थित सो पुल विगतका बाढीका कारण जीर्ण बनेको बताइएको छ । सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उक्त पुल जर्जर अवस्थामा पुगेकाले समयमै मरमत गर्न सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षित गराउनुभएको छ ।

सो सडक खण्डमा मालबाहक र सार्वजनिक सवारीसाधनको आवागमनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको जनाउँदै उहाँले उक्त पुलको जीर्ण अवस्थाका कारण दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरीे समयमै मरमत गर्न माग गर्नुभयो ।

उहाँले यसका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदेश नं १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गर्नुभएकोे छ ।सङ्घले व्यावसायिक एवं व्यापारिक महत्व राख्ने पुलको समयमै सुधार एवं मर्मतभएमा यस प्रदेशकै आर्थिक क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here