ढुङ्गाले किचेर एक जनाको मृत्यु

0
695

ताप्लेजुङ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुङगाले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊँपालिका १ का ४४ बर्षीय खगप्रसाद तामाङ रहेका छन् । बिहीबार दिउँसो तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाईड्रो पावरमा नै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here