सिरहामा एक लाख ६२ हजारले लगाए खोप

0
281

लहान,

सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

विसं २०७७ माघदेखि सुरु भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा एक लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनुभयो ।

प्रमुख यादवका अनुसार सिरहामा एक लाख ११ हजारले पहिलो डोज र ५१ हजारले दुवै डोज खोप लगाइसकेका छन् । जिल्लाका ३० हजारले विभिन्न चरणमा भएको खोप अभियानअन्तर्गत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्छ ।

यसैबीच सिरहामा जापानले उत्पादन गरेको कोभिड–१९ विरुद्धको स्ट्रेजेनिका खोप लगाउन सुरु गरिएको छ । सिरहाको १७ स्थानीय तहमध्ये पहिलो चरणमा भदौ १६ र १७ गते १० स्थानीय तहमा र बाँकी सात स्थानीय तहमा भदौ १८ र १९ गते खोप लगाइने कार्यक्रम रहेको प्रमुख यादवले जानकारी दिनुभयो । तय गरिएको स्थानीय तहको स्वास्थ्य संस्थाबाट सर्वसाधारणलाई खोप लगाइने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here