छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

0
709

झापा ।

झापा र मोरङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । झापाको मेचीनगर –१२ स्थित धिमालवस्तीमा रहेको पोखरीमा डुबेर ५५ वर्षीय बमबहादुर कार्की नामले परिचित एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सोही क्षेत्रमा मागी हिँड्ने कार्कीको स्थायी ठेगाना खुल्न नसकेको बताइएको छ । मेचीनगर –१२ स्थित धिमालबस्तीमा रहेको पोखरीमा पौडी खेल्न पसेका उनी ननिस्किएपछि प्रहरीले उनको खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

उता मोरङको बिराटनगर महानगरपालिका –१८ खोक्साहा का २८ बर्षीय पप्पुकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार विराटनगर –१७ मा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका मण्डलको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे ११ बजे मृत्यु भएको थियो ।

त्यसैगरी मोरङकै धनपालथान गाउपालिका –७ कदमाहाका ३२ बर्षीय रामभरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । घरदेखि ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा सनपाट धुने क्रममा शुक्रवार उनको डुबेर मृत्यु भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here