कास्य पदक बिजेता नारिकालाई स्वागत

0
713

भद्रपुर ।

युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कास्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

झापा बक्सिङ सङ्घले खेलाडी नारिका टिम मेनेजर तथा नेशनल रेफ्री तर्कराज राई, थ्री स्टारका कोच दीपक महर्जनलाई विमानस्थल पुगेर स्वागत तथा सम्मान गरेको थियो ।

एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिप भद्रपुर–९ निवासी नारिकाले जुनियर महिलातर्फ ५७ किलोमा कास्य पदक जितेकी थिइन् ।

उनीहरूलाई भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, बक्सिङ सङ्घ केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, झापा बक्सिङ सङ्घ अध्यक्ष सञ्जीव घोष, सदस्य दिनेशकुमार राय, बक्सिङ गुरु डम्बर लिम्बू लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा स्वागत पश्चात् झापा जिल्ला खेलकुद विकास समितिको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here