निषेधाज्ञा

१९ भाद्र २०७८, शनिबार मा प्रकाशित
  • 326
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares

कहिले नेपाल बन्द । कहिले त पार्टीको बन्द । बन्दैबन्द भइरहेको छ । झन् कोरोना महामारी आएपछि गरिखान दिएन यसले । व्यापार ठप्प छ । आम्दानी आउने स्रोत कहीँ छैन । रीस पोख्यो कोरोनासँग ।

‘कति निषेधाज्ञा हुन सकेको । यहाँ पसल राम्रोसँग खोल्न पाएको छैन । छोराछोरीले १२ को परीक्षा दिन पाएका छैनन् । स्कूल कलेज सबै अनलाइन क्लासको भरमा छन् । मान्छेहरु हिँहिरहेका छन् । गाडी चलिरहेकै छ । पसल मात्र बन्द छ । यो कस्तो निषेधाज्ञा हो । अहिले त दश दिन फेरि थप ग¥यो हरे । सक्छन् भने पूर्णरुपमा गर यदि सक्दैनन् भने नगर’ –रीस पोख्यो सरकारसँग धनबहादुरले ।

लघुकथा

‘के गर्नु त सबैको समस्या यही हो । सरकारको नियम पालना गर्नु त प¥यो’ – धनबहादुरको श्रीमतीले भनिन् ।’
‘अब त अति भयो । खोल्छु पसल ।’ –भतभताउन थाल्यो धनबहादुर– ‘माक्स लगाउँला, स्यानीटाइजर प्रयोग गरौंला । स्वास्थ मापदण्ड कायम राखौंला । अब त खोल्नै पर्छ । त्यत्रो लगानी हालेको छ डुब्दैन फेरि । गरिखान त दिनु त प¥यो नि । मान्छे हिँड्न दिने, गाडी चल्न दिने पसल चाहिँ किन बन्द गर्नु ।’ धनबहादुरलाई चित्त बुझै कै छैन । वैदेशिक रोजगारीबाट आएर कपडा पसल खोलेको थियो चोकैमा ।

कोरोनाको महामारी आएपछि उसले राम्रोसँग पसल खोल्न पाएको छैन । कहिले कोरोनासँग कहिले त सरकारलाई गाली समेत गर्छ । निषेधाज्ञा चलिरहेको थियो । गरीब, निमुखा सधँै मारमा परिरहनु । हामीले गरी खान पाउनु अधिकार छ भन्दै पसल खोल्न गयो । त्यसपछि धनबहादुर र उसकी श्रीमती भएर पसल खोले । धेरै समय नखुलेको पसल सरसफाई गरे दुबैजना मिलेर ।

पसल खुलेको केही घण्टा मात्र भएको थियो । पुलिस आयो । तपाईहरुलाई भनेको लाग्दैन । किन खोल्नु भएको पसल । धनबहादुरले भन्यो– ‘आज बन्द, भोलि बन्द, पर्सी बन्द । हामीले गरी खानु पर्दैन । छोराछोरी छन् । भाडा तिर्नु पर्छ । सधैँ बन्द गरेपछि हामीले बाँच्न पर्दैन ।’

‘तपाईंहरुको लागि मात्र नियम लागू गरिएको हो । यो सबैको लागि निषेधाज्ञा जारी गरिएको हो’ –पुलिस कर्किएरबोल्यो ।

धनबहादुरको धर्यताको बाँध टुट्यो– ‘हेरुला कति दिन हुँदोरहेछ निषेधाज्ञा । हामी भोकभोकै मर्यौं भने भाडा तिर्न सकिएन भने । मेरो परिवारलाई केही भइहाल्यो भने तपाईहरु नै जिम्मेवार हो ।’ धनबहादुर क्रोधित भएर बोल्यो र झट्ट सटर तान्यो अनि चावी लगायो त्यही बखत हिँड्यो घरतिर ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here