ब्राउन सुगरसहित एक जना पक्राउ

0
514

झापा। 

झापाको अर्जुनधारा नगरपालिका– ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणिकुमार चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई दुई ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here