भोट माग्दै भरतमणि गृह जिल्लातर्फ

0
904

चारपाने ।

देशमै चर्चाको रुपमा रहेको रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को फाइनलमा पुगेका पूर्वेली ठिटो भरतमणि पौडेल भोट माग्ने क्रममा देशका विभिन्न स्थान हुँदै सोमबार झापाबाट आफ्नो गृह जिल्लातर्फ उकालो लागेका छन् ।

सोमबार बिहान ९ बजे भद्रपुर विमान स्थल हँुदै गृह जिल्ला ताप्लेजुङ जानेक्रममा झापाली समर्थकहरुले स्कटिङ गरेर बिर्तामोडसम्म ल्याएका थिए । भरतमणिलाई जिताउनका लागि झापाली युवाहरुले बिर्तामोडमा एक औपचारिक कार्यक्रम गरेर भोट मागेका थिए ।

कार्यक्रममा कमेडी च्याम्पियन प्रतियोगी पौडेलले आजसम्म नेपाली दर्शकहरुको हौसला र समर्थनका कारण आफू कमेडी च्याम्पियको फाइनलसम्म आइ पुगेको र अब निर्णायको घडी आएकोले सबैले भोट गरेर जिताई दिन अपिल गरेका छन् ।

कार्यक्रमकै समयमा पत्ररकारहरुसँग भएको छोटो कुराकानीमा पौडेलले भने– ‘मेरो सपना भनेको कमेडीको माध्यमबाट देशको पर्यटन क्षेत्रको प्रचार र प्रवद्र्धनमा योगदान दिनेछ, मैले देखेको सपना पूरा गरिदिन दर्शक शुभचिन्तकहरुमा अनुरोध गर्दछु ।’

‘हेप्नी ? मान्छेलाई डिस हान्नी ? औडा गर्र्ने ? यस्तै–यस्तै कुरा गर्यौ भने भाइ, हामी मान्छेहरु नि कोल्याप्स गरिदिन्छौं ? यो शब्द अहिले सामाजिक सञ्जाल टिकटकमा निकै चर्चित छ । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भनाइलाई दुरुस्तै निकाल्दै कमेडी च्याम्पियनमा कलाकार भरतमणि पौडेलले प्रस्तुती दिएपछि उनको चर्चा चुलिएको हो । पूर्वमन्त्रीदेखि पूर्व युवराज पारश शाहसम्मको क्यारिकेचर गर्दै दर्शक हसाउने माहिर कलाकार उनै भरतमणि हुन् ।

ताप्लेजुङको दोखु भन्ने ठाउँमा सामान्य परिवारमा जन्मेका पौडेल सानै उमेरदेखि हसाउने काममा सक्रिय बन्दै आएका थिए । रेडियो, सडक, विद्यालय र महोत्सव अनि समारोहको मञ्चमा हाँस्यव्यंग्य गर्दै आएका भरतमणिलाई निर्णाक र दर्शकले हाँस्यव्यंग्यको मणिको उपाधि दिइसकेका छन् ।

भरतमणिका आमा–बुवा ताप्लेजुङको फुङलिङ बजारमा सानो चिया पसल गर्दै आएका छन् । पहाडको ठाउँ त्यसै पनि दुःख र अभाव झेल्नुपर्ने धेरैैको बाध्यता सँगै उनीहरुको परिवार पनि सामान्य अवस्थामा रहेर भए पनि खुशी र आनन्दमा रमाइरहेको छ ।

अघिल्लो पुस्ता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, मनोज गजुरेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, जितु नेपाल, सीताराम कट्टेल लगायतका हास्य कलाकारहरुले बनाइ दिएको नेपाली हास्य क्षेत्रको विरासात सम्हाल्न यतिबेला पछिल्लो पुस्ताका भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापा इतिहासमा नाम राख्न, च्याम्पियनको उपाधि चुम्न नेपालको पहिलो हास्यव्यंग्य रियालिटी सो का प्रतिस्पर्धी एउटै थलोमा खडा भएका छन् ।

फाइनलमा पुग्न सफल भरतमणि पौडेल सुदुरपूर्व, विक्की अग्रवाल भारतको सिक्किम र सन्तोष थापाले सुदुरपश्चिमबाट प्रतिनिधित्व गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here