आज मोती जयन्ती

२२ भाद्र २०७८, मंगलवार मा प्रकाशित

महाकवि भानुभक्त आचार्य पछि नेपाली साहित्याकाशमा आउने सशक्त व्यक्तित्व हुन् मोतीराम भट्ट । उनको जन्म १९२३ साल कुशेऔंशीका दिन भदौ २५ गते, शनिबार काठमाडौंको भोसीको टोलमा भएको थियो । उनी पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टका माइला सुपुत्रका रूपमा जन्मिन पुगे । उनले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए, ६ वर्षको हुँदा आफ्ना माता र पितासँग काशीमै बसोबास गर्दै जाँदा मिलनसार उनको स्वभाव, मिठो मधुर बोली भएका मोतीराम भट्ट जोसुकैसँग पनि पनि खुलस्त भएर घुलमिल हुन्थे ।

उनी साथीभाइ भनेपछि ज्यानै दिलाउला झैं गरी मरिमेट्थे । त्यसै अध्ययनको क्रममा दरबार हाई स्कूलमा उनका सहपाठी चन्द्रशमशेर ज.ब.रा. तथा देवशमशेर ज.ब.रा. भए । देशको विकासका लागि मोतीराम भट्ट अति नै चिन्तित हुन्थे । त्यो बेला मोतीराम भट्टको देशप्रतिको चाहना र विचारहरु देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता झल्किएको हेर्न चाहन्थे र उनी भन्दथे । जब हरेक नेपालीमा राष्ट्रियता झल्कन्छ, तब मात्र देशोन्नतितिर लम्कन्छ भन्ने उनको विशाल धारणा थियो । स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु, स्वदेशी बोल्नु तथा स्वदेशी कै आँखाले हेर्नु पर्दछ । देशका सबै नागरिकको आँखामा हेर्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी महान व्यक्तित्व थिए । नेपाली हुनुमा र आफ्नो नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्वले शिर उच्च पार्दथे ।

मोतीराम भट्टको लागि नेपाली माटो नै विश्व साहित्य थियो । जीवनमा थोरै बाँचेर देश र नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पु¥याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए भन्न पछि नपरौला । साँच्चै भन्नुपर्दा उनी नेपालका एउटा कर्म वीर सपूत मात्र नभई उनको मेहनत, जाँगर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरे जसलाई ‘मोतीराम युग’ले पुकारिन्छ । सम्वत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै एक हुन्– मोतीराम भट्ट । त्यति मात्र होइन मोतीराम त्यस युगका बौद्धिक नायक थिए भने साहित्यिक संठनात्मकका नेता पनि थिए र सांस्कृतिक कर्मठ योद्धाको रुपमा उभिएका थिए ।

१९५० सालमा यी कलकत्तामा एए.आईए परीक्षामा सम्मिलित भए । तर, त्यस परीक्षामा उनी अनुत्तीर्ण भएदेखि मन खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनःकलकत्ता गएका उनी अस्वस्थ भएकाले त्यो बेला त्यहीँ थला परे । केही समयपछि अशक्त शरीर लिएर काठमाडौं फर्किए र सात महिना ओछ्यानमा कठिन रोगसँग संघर्ष गर्दा पनि उनी स्वास्थ भएर रंगीन जीवनमा फेर्कन सकेनन् र कुशी औंशीमा जन्मिएका भट्ट सोही कुशी औंशीमा दिन ३१ वर्ष लागेकै दिन १९५३ सालमा उनले यो मृत्युलाई अँगाल्न बाध्य भई उनको काठमाडौं पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here