खेलकुद सामग्री उपलब्ध गराउन माग

२२ भाद्र २०७८, मंगलवार मा प्रकाशित
  • 507
  •  
  •  
  •  
  •  
  •  
    507
    Shares

पथरिशनिश्चरे,

ब्याडमिन्टन कबर्ट हल निर्माण र महिला फुटबल खेलाडीलाई खेलकुद सामाग्री उपलब्ध गराउने बिषयमा नगरप्रमुख दिलिप कुमार राइसँग स्थानिय खेलाडीहरुले प्रत्यक्ष भेटघाट गरेर सामुहिक अपिल गरेको छ ।

हालसम्म यस नगरमा कुनै पनि ब्याडमिन्टन कबर्ट हल नहुनुले यहाँका खेलाडीहरु अन्य छिमेकी नगर उर्लाबारी , दमक , बेलबारी र सुन्दरहरैचा सम्म जानु परेको खेलाडीहरु बताएका छन् ।

भेटमा नगर प्रमुख राइले हाल नगरमा यस बिषयमा कुनै पनि बजेट नभएता पनि आवश्यक पहल गरिने जानकारी गराउनु भयो । स्थानिय महिला खेलाडीहरुको समुहले पनि नगर प्रमुख समक्ष फुटबलसँग सम्वन्धित खेलकुद सामाग्री उपलब्ध गराउन नगरको ध्यानाकर्षण गरेको छ ।

सहभागी महिला खेलाडीहरुले धेरै फुटबल टुर्नामेन्टहरु आयोजना हुने तर महिला फुटबल आयोजना नभएकोले खेल्ने अवसरबाट बन्चित रहेकोले नगरले ध्यान दिन आवश्यक रहेको अभिब्यक्ती दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here