उधमशीलता प्रदर्शन गर्दै दमकमा महिलाले तीज मनाए

0
713

जोस्ना श्रेष्ठ, बिर्तामोड ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको भन्ने बित्तिकै महिला दिदी बहिनी माईत जाने दर खाने रमाइलो गर्ने र नाचगान गर्ने भन्ने बुझिन्छ । तीज धार्मिक र सांस्कृतिक महत्व बोकेको एक महान पर्व हो । हिमालय पुत्री पार्वतीले शिवजी पति पाँउ भनी तीजको कठोर ब्रत बसेको धार्मिक मान्यता छ ।
हाम्रा धार्मिक र साँस्कृतिक पर्वहरू मनाउने शैली बिकृत बन्दै गएको छ । पछिल्लो समय मंहगा गरगहना ,साडी लगाएर महँगा होटलमा महिनौ अघिदेखि दर खाएर तीज मनाउने संस्कारको बिकास भैरहेको बेला गत साल कोरोना महामारी कारण तीज सुनसान नै बन्यो । यसपटक पनि कोरोनाको जोखिम कम नभएकाले तीजको तडकभडक खासै देखिएको छैन ।

तर, दमक नगरपालिकाका एकल तथा अपाङ्गता भएका महिलाहरुले फरक ढंगले तीज मनाएका छन् । दमक नगरपालिकाका महिलाहरुले सृजनशील छन् ,उधमशील छन्, आत्मनिर्भरताको अभ्यास गर्दैछन् भन्ने झल्को दिएको छ ।

दमक नगरपालिकाको सहयोगमा अपाङ्गता भएका र एकल महिलाहरूले उधमशीलता प्रदर्शन गरी तीज मनाएका हुन् । उधमी महिलाहरुले स्थानीय स्रोत र साधन प्रयोग गरी आफ्नो सीपबाट उत्पादन गरिएको सर सामान मुढा, झोला ,अचार ,माला पोते,हातले बनाएइका गुडिया ,धागोले बनाएका झुमर ,वासेबल सेनेटरी प्याड ,जुती चप्पल ,धुप, गरगहना लगायतका सामान प्रदर्शन साथै बिक्री गरेर तीज मनाएका छन् ।

नगर उपप्रमुख गिता अधिकारीले आफू निर्वाचित भएको चार भए यता नगरका महिला दिदी बहिनीहरुलाई धेरै सीपमूलक तालिम दिइयो तर तालिमबाट हासिल गरिएको सीप प्रदर्शन गर्ने मौका नपाएको र उत्पादनले बजार नपाएको गुनासो आएपछि तीजमा उधमि महिलाहरूको उधम प्रदर्शनीको आयोजना गरिएको बताइन् ।

उपप्रमुख अधिकारीले तीज नेपाली महिलाहरुको महान चाड हो सस्कृति जोगाउन पर्छ तर तीज मनाउने क्रम भड्किएको बताउन महिलाहरुले नाच्न मात्र होइन उनीहरु सृजनशील छन् र उधमशील छन् भन्ने कुरा पुष्टि गर्न यस्तो तीज कार्यक्रमको आयोजना गरिएको बताइन् ।

उधमी महिलाहरुको उत्पादनलाई बजारीकरण गर्नलाई उधोग बाणिज्य संघ र होलसेल व्यवसायीहरू संग समन्वय गरेर उधमी महिलाहरुको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने बताइन् ।

भुटानी शरणार्थी अपांगसंघ अध्यक्ष देवीमाया गुरुङले नगरपालिकाको सहयोगमा प्राप्त गरेको सिप बाट मुढा,झोला , धागोले बनाएका झुमर, हातले बनाएइका गुडियाले बजार नपाएको बताउँदै बजारीकरणमा सहयोग गरी दिन नगरपालिकासंग सहयोग माग गरिन् ।

उधमी महिला देवीमाया तामाङले सिप सिकेर सृजनशील र उधमशील बन्न पाएकोमा दमक नगरपालिका तथा उपप्रमुख अधिकारी प्रति आभार ब्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here