झापाका १२ पत्रकार बिजयी, दुई पराजित

२४ भाद्र २०७८, बिहीबार मा प्रकाशित

झापा।

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा झापाका १२ जना पत्रकार सभापति सहित विभिन्न पदमा निर्वाचित भएका छन् । कांग्रेसको वडा समितिको १९ र २० गते भएको महाधिवेशनबाट झापाली पत्रकार र एक जना मानवअधिकारकर्मीले पार्टीको जिम्मेवारी लिएका हुन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी अर्जुनधारा नगरपालिका वडा नम्वर –४ बाट क्षेत्रीय प्रतिनिधिका रुपमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल मेचीनगर –१४ वाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । त्यस्तै पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य रञ्जित परियार अर्जुनधारा –६ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् भने मानवअधिकारकर्मी समेत रहेका प्रेस युनियनका सदस्य विष्णु खरेल कनकाई –९ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

नेपाल प्रेस युनियनकी अध्यक्ष इन्दू पूर्वेली बिर्तामोड –५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् भने नेपाल प्रेस युनियन झापाका सचिव डिल्लीराम घोर्साई कनकाई नगरपालिका –३ को क्षेत्रीय प्रतिनिधिका रुपमा चयन भएका छन् । त्यस्तै प्रेस युनियनका सदस्यसमेत रहेका कनकाई नगरपालिकाका मनोज बस्नेत कनकाई नगरपालिका –१ को सभापति बनेका छन् ।

पत्रकार विष्णु रिमाल मेची नगरपालिका –१२ वाट क्षेत्रीय प्रतिनिधिमा चयन हुँदा बिर्तामोड नगरपालिका –४ मा उपसभापतिमा राम पौडेल चयन भएका छन् ।

त्यस्तै गौरीगञ्ज –१ बाट क्षेत्रीय प्रतिनिधिका रुपमा पत्रकार आत्माराम राजवंशी निर्वाचित भएका छन् । त्यस्तै अर्जुनधारा –८ बाट क्षेत्रीय प्रतिनिधिमा पत्रकार कुमार भट्टराई चयन भएका छन् ।

त्यस्तै बिर्तामोड –७ को वडा सचिवका रुपमा खेमराज बराल चयन भए भने पत्रकार शेखर सेढाई कमल गाउँपालिकामा भएको निर्वाचनमा सहभागी भएका थिए तर उनी त्यहाँ पराजीत बनेका छन् ।

त्यस्तै पत्रकार राजेन्द्र गौतम गौरादह –९ को वडामै पराजीत बने । उनी उक्त वडाको क्षेत्रीय प्रतिनिधिका रुपमा चुनावी मैदानमा थिए ।

नाम चलेका नेता वडामै पराजीत

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत वडामा सम्पन्न निर्वाचनमा नाम चलेका व्यक्ति नै पराजीत बनेका छन् ।

वडामै पराजीत हुनेहरु पाँच वर्षसम्म कांग्रेसको कुनै पनि तहमा जिम्वेवारीमा वस्न नपाउने विधानतः व्यवस्था रहेको छ । वडावाट क्षेत्रीय प्रतिनिधिका रुपमा उम्मेद्वारी दिएका मध्ये चर्चित नाम नै पराजीत बनेपछि पार्टीका कार्यकर्ताले उनीहरुलाई पाँच वर्षका लागि कारवाही गरेको विश्लेषण गर्न थालिएको छ ।

झापाको बिर्तामोडका विभिन्न वडामा उम्मेद्वार बनेका कांग्रेस नेताहरु मध्ये पहिलो संसदीय निर्वाचनमा झापा क्षेत्र नम्वर –२ बाट समानुपातिक सांसद वनेका अमृतलाल राजवंशी वडामै पराजीत बने । उनले क्षेत्रीय प्रतिनिधिका रुपमा उम्मेद्वारी दिएका थिए ।

त्यस्तै बिर्तामोडका पूर्व सभापति कपिलमणि शिवाकोटी, कांग्रेस नेता कृष्ण सिटौलाका सहोदर भाइ हरि सिटौला, व्यवसायी राजेन्द्र थापा, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, जिल्ला कमिटी सदस्य समेत रहेका चन्द्र गिरी वडामै पराजीत भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here