जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

२८ भाद्र २०७८, सोमबार मा प्रकाशित

गण्डकी, 

पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपाराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here