गरिबीको पिडा : उपचार नपाउँदा शरीर कुहिँदै

1
934

बिनोद सापकोटा/नरेन्द्र ढकाल,

झापा ।

जन्म र मृत्यु शाश्वत सत्य हो । जीउँदो मान्छे कुहिएर बाँचिरहेको छ भन्दा अचम्म भने लाग्न सक्छ । झापाको अर्जुनधाराका एक युवा उपचारको अभावमा कुहिएको अवस्थामा फेला परेका छन् ।

सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी लिनुपर्ने हुन्छ । विभिन्न सरकारी तथा निजी अस्पतालहरुले निःशुल्क उपचार गरिरहेका पनि छन् । केही अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेर चर्चामा आउने गरेका पनि छन् । तर, अर्जुनधारामा एक युवाको उपचार अभावमा शरीर कुहिन थालेको अवस्थामा भेट्दा जो सुकैको मन रुन्छ ।
अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुरका २४ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन सकेको छैन । उनका ८७ वर्षीय बुवा बलबहादुरले आफ्नो २४ वर्षीय छोराको उपचारका लागि सहयोगको याचना गरेका छन् । अस्पतालले भनेको तीन लाख रुपैयाँ जुटाउन नसकेपछि बस्नेतले सबैसँग हारगुहार गर्दे सहयोगको याचना गरेका हुन् ।
उनका २४ वर्षीय छोरा गोपीको रकम अभावका कारण उपचार हुन सकेको छैन । एक वर्षदेखि गोपी ओच्छ्यान परेका छन् भने वृद्ध बुवा छोराको मृत्यु पर्खिरहेका छन् । गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक अवस्था उनको आम्दानीले थाम्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए ।

कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे । झरी, बादल, हावा हुण्डरीका बेला पनि उनी खुल्ला सडकमा दिन बिताउँथे । वटुवाले दिएको पानी र केही खानेकुराले उनको श्वास अडिएको थियो । परिवारका अनुसार अन्न त उनको मुखमा महिनौसम्म पसेको थिएन । एकदिन उनका साथीले सडकमा गोपीको अवस्था देखे । शारीरिक रुपमा अस्वस्थ देखेपछि साथीले उनलाई नेपालसम्म ल्याउन पहल गरे । गोपीलाई अर्जुनधारा नगरपालिका–६को माता मन्दिरमा उनका साथीले ल्याएर छोडेको स्थानीय बताउँछन् । उनी त्यतिबेलै सिकिस्त थिए ।

रोजगारीका लागि भारत पुगेको छोरो गाउँमा सिकिस्त अवस्थामा फेला परेपछि उनका बुवाले उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल पु¥याए । बुवाको रित्तो गोजी र भाइको अवस्था देखेपछि दाइले कमाएको करिव एक लाख ५० हजार रुपैयाँ पनि भाइको उपचारमा सकियो । गोपीको उपचार सम्भव नहुने भन्दै मनमोहन अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेपछि उनी थप आर्थिक संकटमा परे । ‘थोरै पैसामा सरकारी अस्पतालमा उपचार हुन्छ भनेर मेची अस्पताल लगेको थिएँ । उक्त अस्पतालले पनि रेफर गरेपछि छोराको उपचार आफ्नो काबु बाहिर गएकाले उनलाई घरमै ल्याएर राखँे’– बलबहादुरले भने– ‘गाउँघरकै अस्पतालमा केही राहत होला कि भनेर छोरालाई लगेको थिएँ, पैसा नभएकाले घरमै ल्याएँ । सो अस्पतालले गोपीको उपचारका लाख एक लाख ५० हजार रुपैयाँ जोहो गर्न भनेको थियो ।’

२०१२ सालमा ४ नम्वर भोजपुरबाट बिर्तामोड झरेका बस्नेत अहिलेसम्म वहालमा बस्दै आएका छन् । पहाडबाट मधेस झर्दा उनी रित्तै हात झरेका थिए । उनले उमेर हुञ्जेल अरुको घरमा भान्से काम गरे । तर, सँधै उनको हात रित्तो नै रह्यो । काम लगाउनेहरुले दिएको आश्वासन पनि पूरा गरेनन् । अहिले उनीसँग नबस्ने घर छ न उपचार खर्च नै । उनले भने – गोपी ओच्छ्यान परेपछि एक वर्ष भयो उनका शरीरका विभिन्न भागमा घाउ छन् । घाउ गनाउन थालेको छ । उनका वुवा भन्छन्– डाक्टरले टीभी रोगको औषधि खानु भनेर पठाइदियो । विराटनगरको कोशी प्रादेशिक अस्पताल र शनिश्चरेको प्राथमिक स्वाथ्य केन्द्रको औषधि खाँदा पनि रोग वीसको उन्नाइस भएन ।

उनका घरधनीले पनि आर्थिक अवस्था दयनीय भएको देखेर घरको भाडा समेत लिएका छैनन् । उनी स्थानीय पदमबहादुर गिरीको घरमा वहालमा बस्दै आएका छन् । गोपीले आमाको माया पनि पाएनन् । चार वर्षको उमेर हुँदा आमाले पुनर्विवाह गरेपछि आमाको भूमिका पनि बुवाकै काँधमा आयो । स्थानीय विष्णुप्रसाद बञ्जरा भन्छन्– ‘नागरिकको औषधि उपचार गर्ने दायित्व सरकारको हा, पहुँच भएकाले सुविधा पाए । ८७ वर्षीय वृद्धका परिवारले पहुँचवालाको जस्तो सुविधा पाउन सकेनन् ।’

स्थानीय हरि कोइरालाका अनुसार गोपीको उपचारका लागि यस अघि पहल भएको हो । तर, निमुखा र विपन्न वर्गको अगुवाई गरिदिने सामाजिक अगुवा नभइदिएकाले गोपीले उपचार पाउन सकेनन् । उनले बेलैमा उपचार भए पुनर्जन्म पाउनेमाा बुबा अझै आशावादी छन् । छोरोको उपचारमा सहयोग गरिदिन उनले सबैसंग आग्रह समेत गरेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here