विद्यालयमा दिप प्रज्वलन गरेर बाल दिवस मनाइयो

२९ भाद्र २०७८, मंगलवार मा प्रकाशित

दुहागढी ।

राष्ट्रिय बाल दिवसको अवसरमा मेचीनगर १४, दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा दिप प्रज्वलन गरिएको छ ।

विद्यालयको बाल क्लबको आयोजनामा मंगलबार साँझ विद्यालयमा दिप प्रज्वलन गरिएको हो । कोभिड १९ का कारण विविध कार्यक्रम गरी बाल दिवस मनाउन सम्भव नभए पछि कोरोना महामारीको अन्त्यको कामना गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।

बाल दिवसको यस वर्षको नारा “सामान्य अवस्था वा कोभिड माहाभारीः बाल अधिकारको संरक्ष हामी सबैको जिम्मेवारी” भन्ने रहेको छ ।

बाल क्लबकी उपाध्यक्ष रिंकु खड्काको सभापतित्व तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here