वीरता जेसीजद्वारा अपाङ्गता भएका २५ जनालाई खाद्यन्न सहयोग

२९ भाद्र २०७८, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

वीरता जेसीजले बिर्तामोड १० का अपाङ्ग भएका २५ जनालाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

मंगलवार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच वीरता जेसीजले अति विपन्न अपाङ्गता भएकाहरुलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न वितरण गरेको हो । संस्थाका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दूर्योधन गुरुङ्गले अपाङ्गता भएकालाई खाद्यान्न सहयोग हस्तान्तरण गरेका थिए ।

वडाध्यक्ष गुरुङले अपाङ्गता भएकाहरुको खाद्यान्न अभावको समस्या समाधानमा वीरता जेसीजले पु¥याएको सहयोगको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य कुमार भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

भट्टराईले विभिन्न संघ संस्थाको सहयोगगमा यस क्षेत्रका अपाङ्गता भएका सबैलाई खाद्यान्न सहयोग उपलब्ध गराउने अभियान जारी रहेको बताए ।

जेसीजका अध्यक्ष धिमालले मानवताको सेवामा संस्थाले सहयोग लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापा, सचिव हरिप्रसाद अधिकारी, नेत्रहीन युवा संघ झापाका अध्यक्ष चन्द्र भट्टराई, बिर्तामोड १० की जनप्रतिनिधि दिपिका सिवा तथा शोभा राउत लगायतले वीरता जेसीजको मानवीय सेवाका प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन जेसीजका महासचिव एलसी श्रेष्ठले. गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here