धानको उत्पादनसँगै आयात पनि बढ्दै

३० भाद्र २०७८, बुधबार मा प्रकाशित
  •  
  • 810
  •  
  •  
  •  
  •  
    810
    Shares

लक्ष्मी उप्रेती,मेचीनगर ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि गत आर्थिक वर्ष २०७७/२०७८ मा १० करोड १० लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार २ सय १९ मेट्रिक टन धान आयात गरिएको छ । नेपालको पूर्वी काँकरभिट्टाबाट मात्रै यति परिमाणको धान आयात भएको हो ।

धानको उत्पादनले कूल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धान उत्पादनमा आधारित छ भन्ने गरिन्छ । तर, यो नाकाबाट हरेक वर्ष धानको आयातमा बृद्घि भइरहेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपालको कूल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धान खेती गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर रहिआएको छ । सिँचाइको भरपर्दो व्यवस्था र पर्याप्त वर्षा नहुँदा हरेक वर्ष खेती हुने जिल्लामा अधिकांश स्थानको धान रोपाइँ प्रभावित हुँदै आएको छ ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा काँकरभिट्ट नाका भएर १५ करोड ३१ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ८ सय ९२ मेट्रिक टन धान आयात भएको थियो । जुन परिमाण अघिल्लो वर्षको तुलनामा ५ करोड २१ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६ सय ७३ मेट्रिक टनले बृद्घि हो ।

यसैगरी, आर्थिक वर्ष २०७५/२०७६ मा काँकरभिट्टा नाका भएर ७ करोड ६८ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ५७ मेट्रिक टन धानको आयात भएको कार्यालय प्रमुख देविन्द्र साहूले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा आर्थिक वर्ष २०७५/२०७६ मा ७ करोड ६३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ३५ मेट्रिक टनले धानको आयात कमी हो । धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा बर्सेनि चामल आयातको दर बढिरहेको सरकारी अधिकारीहरुको भनाइ छ । मुलुकमा बर्सेनि चामलको खपत बढिरहे पनि सोही मात्रामा धानको उत्पादन हुन नसक्दा आयात बढेको कृषि प्राविधिक रामप्रसाद कुश्वाहको भनाइ छ ।

तर, कृषि ज्ञान केन्द्र झापाले झापामा हरेक वर्ष धानको उत्पादन बृद्घि भइरहेको दाबी गरिहेको छ । कार्यालय प्रमुख नीलकमल सिहंका अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट प्रतिहेक्टर ४ दशमलव ९ मेट्रिक टन धान उत्पादन भएको थियो । झापामा खेती योग्य धान उत्पादनका लागि ८७ हजार ५ सय हेक्टर क्षेत्रफल भए पनि आर्थिक वर्ष आर्थिक वर्ष २०७६/२०७७ मा ९१ प्रतिशत जमिनमा मात्र धान खेती गरिएको कार्यालय प्रमुख सिहंको भनाइ छ । त्यसवर्ष प्रतिहेक्टर ४ दशमलव ७ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

मनसुनले राम्रो साथ दिएको हँुदा यो वर्ष धानको उत्पादन बढ्ने कार्यालयले जनाएको छ । धानको उत्पादन बढ्नुमा विभिन्न समयमा पर्याप्त वर्षा हुनु, रासायनिक मलको आपूर्ति बढ्नु, प्राकृतिक प्रकोप नहुनु, रोपाइँ क्षेत्रफल बढी हुनु, वर्णशंकर जातका धानको क्षेत्रफल बढ्नु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत् रूपमा कार्यक्रम सञ्चालन हुनु नै भएको कार्यालय प्रमुख सिहंको भनाइ छ । उत्पादनको क्षेत्र बढ्दै गएको कृषि मन्त्रालयले समेत जनाएको छ । उता धान उत्पादनको क्षेत्रफल बढे पनि पुरानै शैलीमा खेतीपाती भएकाले उत्पादन बढ्न नसकेको सरोकारवालाहरू तर्क छ ।

एकातिर धानको उत्पादन वृद्धि भएको पनि छ । तर, धान बालीको उत्पादकत्व वृद्धिको दर अझै कम रहको कारण चामल आयात पनि बढ्दै गएको कृषि प्राविधिकहरु बताउँछन् । उत्पादन बढे पनि मुलुकमा उत्पादित धानले माग धान्न सकिरहेको छैन ।

धानको उत्पादकत्वमा सुधार आवश्यक रहेको सरोकारवालाहरुको भनाइ छ । जमिनको उर्वराशक्ति अनुसार धान उत्पादन हुन नसकेका कारण उत्पादकत्व वृद्धि गर्न सक्नुपर्ने बताइएको छ । नेपालको मुख्य खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादनले अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिएको बेला धानको उत्पादनलाई ४० प्रतिशतसम्म पु¥याउन सके नेपालले चामल निर्यात पुनः गर्न सक्नेसमेत भनिएको छ ।

खाद्यान्न बालीमध्ये धान नेपालको प्रमुख बाली हो । नेपाली समाज अनुसार हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरूमा धान र त्यसबाट उत्पादन हुने चामललाई आवश्यकताको वस्तु मानिन्छ ।

नेपालमा धान खेती भएका मुख्य तराई तथा पहाडी जिल्लाहरूमा स्याङ्जा, मकवानपुर, रूपन्देही, पर्सा, चितवन, कपिलवस्तु, झापा, मोरङ, सप्तरी, सिरहा, सुनसरी, बाँके, ताप्लेजुङ, सोलुखुम्बु, सखुवासभा, पाँचथर, इलाम, भोजपुर, धनकुटा, कैलाली, कञ्चनपुरलगायत अरू जिल्लाहरू पर्छन् ।

कुनै वर्ष समयमा वर्षा हुने र कुनै वर्ष समयमा वर्षा नहुने गरेको देखिन्छ । कृषकहरू समयमा वर्ष भएको वर्ष राम्रो हुने आशामा धमाधम रोपाइँ गरिरहेका हुन्छन् । कुनै वर्ष बेलैमा पानी पर्न गएमा त्यस वर्ष रोपाइँको चटारो पर्ने गरेको हुन्छ ।

रासायनिक मल कुनै वर्ष आपूर्तिमा कमी आएका कारण रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडमा रोपाइँका बेला आवश्यक डीपीए मल अभाव हुँदै आएको देखिन्छ । बढी खडेरी परेका बखत धान उत्पादन न्यून हुने किसानको भनाइ छ । सरकारले नीति तथा कार्यक्रममा धान उत्पादन गरी आत्मनिर्भर हुने घोषणा गर्दै आए पनि उत्पादनमा भने खासै सुधार आएको देखिँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here