उर्लावारी: १६ पदमा ३३

३१ भाद्र २०७८, बिहीबार मा प्रकाशित

झापा।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग व्यवसायका क्षेत्रमा आएका समस्या हल गर्न महासंघ कटिवद्ध रहेको बताएका छन् ।

मोरङको उर्लावारीस्थित उर्लावारी उद्योग वणिज्य संघको ३३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको बताउँदै व्यवसाय उत्थानका लागि महासंघले सरकारसंग ‘लविङ’ शुरु गरेको र राहतका कार्यक्रम ल्याउने पहल भइरहेको बताए ।

कार्यक्रममा महासंघका प्रदेश नम्वर १ का अध्यक्ष टीकाराज ढकाल, उर्लावारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लावारी उद्योग वणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल लगायतले बोलेका थिए ।

सोही समारोहकाबीच उत्कृष्ठ पाँच व्यवासायी र एक जना सञ्चारकर्मीलाई समेत सम्मान गरिएको उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले बताए ।

यसैबीच संघको नेतृत्व चयनका लागि विहीवार निर्वाचन हुने भएको छ । १६ पदका लागि ३३ जनाको उम्मेद्वारी रहेकाले विहीवार निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि व्यवसायीका दुई वटा छुट्टा÷छुट्टै प्यानल चुनावी मैदानमा छन् ।

लोकतान्त्रिक प्यानलका तर्फबाट तारामान लिम्बू र प्रगतिशील साझा प्यानलका तर्फबाट शेरवहादुर भण्डारीको टिम चुनावी मैदानमा छ । संघमा रहेका एक हजार सात सय दुई जना सदस्य रहेका छन् । उनीहरु निर्वाचनमा सहभागी हुने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here