रापपा कचनकवलको जनवर्गीय सङ्गठन सर्वसम्मत

१ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवलमा एक सय २१ जना सदस्यसहितको जनवर्गीय सङ्गठन समिति सर्वसम्मत चयन गरिएको छ ।

पार्टीले विहीबार आयोजना गरेको राष्ट्रिय प्रजातान्त्रिक महिला,युवक तथा किसान सङ्गठनको गाउँ अधिवेशनले समिति चयन गरेको हो । कचनकवल गाउँपालिका भित्र रहेका ७ वडामा भदौ मसान्तसम्म वडा अधिवेशनले नामावली छनौट गरेको थियो ।

अधिवेशनले धनबहादुर तामाङ्(छोटु)को नेतृत्वमा ३९ सदस्य सहितको युवक, रुपा गौतमको संयोजकत्वमा ३७ सदस्य रहनेगरी महिला र शङ्कर प्रसाद गणेशको नेतृत्व रहने गरी ३५ सदस्यको किसान सङ्गठन सर्वसम्मत चयन गरेको थियो ।

चयन भएका सदस्यलाइ कार्यक्रमका प्रमुख अतिथि सङ्घीय साँसद राजेन्द्र प्रसाद लिङ्देन लगायतले स्वागत गरेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३० जना भन्दा बढीले पार्टी प्रवेश गरेका थिए । कचनकवलमा पार्टीको कार्यालय निर्माणका लागि शिलान्यास गरिएको थियो ।

पालिका अध्यक्ष अञ्जरा आलमले एक कठ्ठा जमिन निःशुल्क सहयोग गरेपछि अन्य कार्यकर्ताले क्षमता अनुसारको रकम सहयोग गर्ने सार्वजनिक गरेका थिए । जनश्रमदानबाट ३ महिना भित्र कार्यालय भवन निर्माण हुने भवन निर्माण समितिका संयोजक रुद्रमणि अर्यालले ठोकुवा गरेका थिए ।

गाउँ सभापति छविरमण ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मुन्ना आलम,पार्टीका दमक नगरसभापति हेम सुवेदी,पालिका अध्यक्ष अञ्जरा आलम,उपाध्यक्ष नीमसरी राजवंशी,पूर्व जिल्ला अध्यक्ष अम्बर विष्ट,वर्तमान अध्यक्ष केशव प्रसाद ओझा,प्रदेश १ संयोजक राम थापा, केन्द्रीय सदस्य देविरमण भट्टराइ,लक्ष्मी सङ्ग्रौला, युवक सङ्गठनका गाउँ संयोजक धनबहादुर तामाङ् लगायतले बोलेका थिए ।

पालिका विद्यार्थी सङ्गठन अध्यक्ष विकाश घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका सचिव टेकनारायण राजवंशीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here