इटहरी उपमहानगरले २० महिलालाई दियो सिलाई मेसिन

२ आश्विन २०७८, शनिबार मा प्रकाशित

इटहरी ।

इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सीप सिकेका महिलालाई सिलाई मेसिन प्रदान गरेको छ ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमका विच सिलाई मेशिन हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो ।

सम्वृद्धि हेल्भेटास परियोजना अन्र्तगत ६५ दिन सम्म संचालित टेलरिङ्ग तालिमको समापनका अवसरमा मेसिन हस्तान्तरण गरिएको हो । तालिम सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले इटहरी ५ मा संचालन गरेको हो ।

महिलालाई शीप सिकाएर मेशिन समेत प्रदान गरेर गरिखाने वनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले वताउनुभयो । उहाँले सिकेको शीप प्रयोग गरेर ६ महिना भित्रमा रोजगार वन्न आग्रह गर्नुभयो ।

वडा नम्वर ५ का वडाध्यक्ष कल्याण वहादुर कार्कीले शीप सिकेका महिलाले सिलाएका लुगाको वजारीकरणमा सहयोग गर्ने वताउनुभयो । सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर वालमुकुन्द न्यौपानेले हातमा शीप भएको मान्छे कहिल्यै भोको वस्नुनपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिका विकास खनाल,वडा सदस्य टीका वस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेल वोल्नुभयो । निर्मला मैनाली र सुमित्रा विश्वकर्माले तालिम दिनुभएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here