सृजनशील सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न

0
620

बिर्तामोड ।

सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड –१ को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डम्वर विमलीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य सुमन शर्मा जमरकट्टेलले स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष विमलीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य दुई हजार दुई सय ३८ जना , शेयर पुँजी दुई करोड सात लाख ७१ हजार आठ सय रुपैयाँ ,निक्षेप संकलन छ करोड ९७ लाख ४९ हजार नौ सय २६ रुपैयाँ ८३ पैसा , ऋण लगानी नौ करोड १५ लाख ३१ हजार तीन सय ७१ रुपैयाँ , आम्दानी एक करोड २६ लाख ५३ हजार सात सय ९८ रुपैयाँ , जगेडा कोषमा ८९ लाख ४१ हजार नौ सय ५० रुपैयाँ भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले ग्लोबल कृषि सहकारी संस्थासंग एकीकरण गरी २०७७ पुष १ गतेबाट संयुक्त रुपमा कारोबार शुरु भएको , कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण सवै कारोवारहरु ठप्प हुँदा संस्थाले गर्नुपर्ने प्रगतिमा असर पुगेको हुनाले संस्थाले सोचेको प्रगति गर्न नसकिएको तथा अझै पनि अवस्था प्रतिकूल नै रहेकाले संस्थाले जुन तीव्रगतिका साथ अगाडि वढ्नुपर्ने हो सो गतिमा जान नसकिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

गत २०७८ असार २८ गते भएको संस्थाकी कर्मचारी देउकुमारी वस्नेत (सृजना)को मृत्युको छानवीन गरी घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्न प्रशासन समक्ष माग गरेको छ ।

संस्थाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक कार्यलाई निरन्तरता दिने, शेयर सदस्यलाई अवलोकन भ्रमण गराइने, कर्जाको सीमालाई अनिवार्य गरी निरन्तरता दिने, कर्मचारीलाई नियुक्ति पत्र दिने, कर्मचारीको मनोवल उच्च राख्न विशेष प्रोत्साहन कार्यक्रम ल्याउने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका लेखा समिति संंयोजक नारायण ओझाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल , सजिलो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेश ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक तारा निरौला ढकालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here