बाह्रदशी ५ मा फलामे बेली पुल बन्दै

२ आश्विन २०७८, शनिबार मा प्रकाशित

बिर्तामोड,  बाह्रदशी गाउँपालिकाको वडा नम्वर ५ स्थित घाग्रा खोलामा फलामे बेली पुल निर्माणको प्रक्रिया शुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मुक्ति शर्माको नेतृत्वमा बनेको लक्ष्मीपूर – राजगढ सडक खण्ड जोड्ने मार्ग साथै दोस्रो मार्ग हिमली मार्गबाट इन्द्रेणी टोल हुँदै हरियाली टोललाई जोड्न घाग्रा खोलामा फलामे बेली पुल निर्माण गरिन लागेको हो ।


बाह्रदशी गाउँपालिका ५ का वडा अध्यक्ष भूपेन्द्र कटुवालको अध्यक्षतामा बसेको भेलाले एक करोड रुपैयाँको लागतमा पुल निर्माण गर्न लागिएको बताइएको छ । सो स्थानमा पुल नहुँदा त्यस क्षेत्रका विद्यार्थी र सर्वसाधारणलाई आवत जावतमा समस्या रहेको थियो ।
भेलामा चकचकी गाविसका पूर्व अध्यक्ष टेकप्रसाद आचार्य, पूर्व वडाध्यक्ष वुद्धराज कार्की, नेकपा क्रन्तितकारीका प्रदेश सदस्य चेतराज राजवंशी, पार्टी प्रतिनिधि एकीकृतका प्रेम पौडेल , नेपाल कम्युनिष्ट पार्टी कान्तिकारी माओवादी पार्टीका मुक्ति शर्मा लगायतले त्यस ठाउँमा पुलको आवश्यकता औल्याएका थिए ।
फलामे बेली पुल निर्माणका लागि प्रदेश सरकारसंग रकम माग गर्ने निर्णय गरिएको छ । जसका लागि वाह्रदशी गाउँपालिका ५ का वडाध्यक्ष कटुवालले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि टेकप्रसाद आचार्यको अध्यक्षतामा समिति समेत गठन गरिएको छ । गठित समितिको सचिव तुलसी खरेल, कोषाध्यक्ष विनिता मैनाली रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुपवती दाहाल, उर्मिला श्रेष्ठ , हिरा ओली, उमादेवी विश्वकर्मा , प्रेम पौडेल, चन्द्रमणि ढुङ्गाना , कृष्ण अधिकारी रहेका छन् ।
समितिले आवश्यकताका आधारमा उपयुक्त स्थान चयन गर्दै सबैलाई प्रतिनिधित्व हुने गरी यही अर्थिक वर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here