सडक किनारमा यौन क्रियाकलापमा संलग्न एक जोडी पक्राउ

२ आश्विन २०७८, शनिबार मा प्रकाशित

पथरीशनिश्चरे,

संकेतिक तस्वीर ।

पथरी प्रहरीले दिउँसै यौन क्रियाकलापमा संलग्न एक अर्धवैंशे जोडीलाई प्रकाउ गरेको छ ।

गत ३० गते अपह्रन्न साढे ४ बजे रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा उक्त जोडीलाई स्थानियले देखेपछि पथरिशनिश्चरे नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय पथरीमा खबर गरेका थिए ।

सामाजिक सञ्जाल टिकटक बाट एकाएक चर्चामा आएको पथरीशनिश्चरे नगरपालिका-२ मा रहेको सेल्फी रोड क्षेत्रमा उक्त जोडी यौन क्रियाकलापमा लिप्त भइरहेको भेटिएको थियो ।
उक्त सूचना पाउनासाथ प्रहरी टोलीले अटो सहित सेल्फी रोडबाट उनीहरु दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उर्लाबारी स्थायी ठेगाना बताउने आटोचालक वर्ष ४० का पुरुष र भने पथरीशनिश्चरे नगर स्थायी ठेगाना बताउने वर्ष ३२ की महिला रहेकी छिन् । उर्लाबारीस्थित मगलबारेबाट अटो चढेर पथरीशनिश्चरे घर हिडेकी महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा समलग्न रहेको प्रहरीले जनाएको छ । दुवैले मादकपदार्थ सेवन गरेका अवस्थामा भेटिएका थिए।

उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा समलग्न भएको अभियोगमा प्रहरीले अभद्र व्याबहारमा मुद्दा दर्ता कार्वाही अगाडी बढाएको जनाएको छ । चौतारी सामुदायिक बन क्षेत्रमा पर्ने सो सेल्फी रोड ढेड वर्षअघि देखि सामाजिक सजाल टिकटक र सेल्फी पारखीहरुका लागि निकै लोकप्रिय गन्तव्य थलो बन्दै आएको छ ।

सामाजिक सजालमा एकाएक भाइरल बनेपछि स्थानिय सरकारले सो क्षेत्रमा आउने आगन्तुकहरुको सहजता लागि बस्ने चौताराहरुको व्यावस्थापन पनि गरेको छ । सो क्षेत्रमा जंगल भएका कारण आवश्यक सुरक्षा व्यवस्था हुन नसक्दा सो रोडमा विगत केही समयदेखि नसालु पदार्थ सेवन गरी झै-झगडा हुने र अनैतिक क्रियाकलाप हुने गरेको स्थानियको भनाई छ भने नगरपालिकाले सो क्षेत्रलाई व्यावस्थित गर्न नसकेको उनीहरुको ठम्याई छ ।

पूर्व पश्चिम राजमार्गको छेउमा रहेको र हरियाली सदाबहार जङ्गल क्षेत्र रहेको हुदा टिकटक बनाउने र सेल्फी खिच्ने युवा युवतीहरुको दैनिक बाक्लो उपस्थिति हुने गरेको छ । पूर्वी नेपालको निक्कै परिचित बन्दै गएको यो क्षेत्रमा जंगल भएका कारण आवश्यक सुरक्षाको प्रवन्ध नहुदा यस्ता नराम्रो जघन्य प्रकृतिको घटना बढ्दै गएको बुदिजीविहरू बताउछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here