बुधबारे जेसीजद्वारा शेयर बजार तालिम सम्पन्न

२ आश्विन २०७८, शनिबार मा प्रकाशित

बुधबारे।

बुधबारे जेसीजकाे आयोजनामा आज बुधबारेमा शेयर बजार सम्बन्धि तालिम सम्पन्न भएको छ ।

जेसीज सप्ताह अन्तर्गत तालिम आयाेजना भएकाे हाे । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा शिक्षासेबी ज्ञानेन्द्र धिमिरेकाे प्रमुख आतिथ्यमा भएको तालिममा ५० बढीकाे सहभागिता थियाे ।

एक्सेल डेभलपमेन्ट बैंकका एजिएम अशाेक क्षेत्रीकाे विशिष्ट आतिथ्यता रहेको तालिमको सहजीकरण सन्दीपकुमार चौधरीले गरेका थिए । एक्सेल डेभलपमेन्ट बैंकको सहजीकरणमा भएको तालिममा कार्यक्रमको औचित्य माथी प्रकाश अध्यक्ष वाग्लेले गरेका थिए ।

प्रमुख अतिथि घिमिरे, विशिष्ट आतिथि क्षेत्रीले मन्तव्य राखेको तालिममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक उमेश भट्टराईले राखेका थिए । गाेकुल पाैडेलले जेसीज आस्था बाचन गरेको तालिमको संचालन महासचिव सुजित बरालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here