प्याब्सन बिर्तामोडमा खनाल, बाह्रदशीमा खरेल

३ आश्विन २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड।

निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको बिर्तामोड नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले उत्तम खनालको अध्यक्षातामा बिर्तामोड प्याब्सन नगर समिति गठन गरेको छ । प्याब्सनका जिल्ला अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपाध्यक्षमा सन्तोष सुब्बा, सचिव सुरेन्द्र खरेल, कोषाध्यक्ष नरेशमान धिमाल, सहकोषाध्यक्ष प्रमिला बजगाई र सहसचिवमा देवेन्द्र हुमागाईलाई सर्वसम्मतिले चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा एजाज महमद अन्सारी, राघेश्याम ढकाल, पुन्यप्रसाद उप्रेती, कल्पना बस्नेत र बासुदेव सिग्देल चयन भएका छन् । कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राम सिटौला, जिल्ला समितिका सल्लाहकार गुरुभक्त न्यौपाने, जिल्ला सहसचिव एचके पाठक र निर्वाचन अधिकृत ज्ञानकुमार थलङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव सुरेन्द्र खरेलले गरेका थिए ।

उता प्याब्सन बाह्रदशीको अध्यक्षमा मनोज खरेल चयन भएका छन् । बिर्तामोडमा शनिवार सम्पन्न दोस्रो अधिवेशनबाट दिव्यज्योति मााध्यमिक विद्यालयका संस्थापक समेत रहेका खरेल चयन भएका हुन् । समितिको सचिवमा निमेष ढुङ्गेल, कोषाध्यक्षमा स्मिता राजवंशी र सदस्यमा दामोदर मिश्र र लाबन्यकुमार खनाल रहेका छन् ।

बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेती, वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, कोषाध्यक्ष छत्र कार्की, बाह्रदशी गाउँपालिका शिक्षा समिति सदस्य तथा गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवाल, प्याव्सनका सल्लाहकार अमृत बहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

प्याव्सन बाह्रदशीका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ज्ञानज्योति माध्यमिक विद्यालय बाह्रदशीका संस्थापक सीताराम बरालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here